
१६ जेठ, काठमाडौं । वैशाख महिनामा सवारी दुर्घटनामा परेर २४५ जनाको मृत्यु भएको छ ।
गत वैशाख महिनामा ४ हजार ५६५ वटा सवारी साधन दुर्घटना हुँदा २ सय ४५ जनाले ज्यान गुमाएका हुन् । प्रहरी प्रधान कार्यालयका अनुसार दुर्घटनामा १८५ जना पुरुष, ४१ जना महिला, १३ जना बालक र ६ जना बालिकाले ज्यान गुमाएका छन्् । यसैगरी, दुर्घटनामा परेर ७१९ जना गम्भीर घाइते भएका छन् ।
दुर्घटना हुने सवैभन्दा धेरै मोटरसाइकल छन् । वैशाखमा भएका कुल दुर्घटना मध्येमा २ हजार ५६६ मोटरसाइकल दुर्घटनामा परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।