
१७ जेठ,काठमाडौं । ब्लड क्यान्सरबाट पीडित पत्रकार दीपक केसीको निधन भएको छ ।
अर्घाखाँची घर भई कपिलवस्तुको रेडियो शिवराजमा स्टेसन म्यानेजरका रूपमा कार्यरत ३६ वर्षीय केसीको शुक्रबार राति निधन भएको नेपाल पत्रकार महासङ्घ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुसालले जानकारी दिए ।
पत्रकार केसीको असामयिक निधनले कपिलवस्तुको पत्रकारिता क्षेत्रले एक कर्मठ र प्रतिबद्ध व्यक्ति गुमाएको नेपाल पत्रकार महासङ्घ कपिलवस्तु शाखाले जनाएको छ ।
पछिल्लो दुई वर्षदेखि क्यान्सरको उपचारमा रहेका केसीले भारतमा बोर्न म्यारो ट्रान्सप्लान्टसमेत गराएका थिए ।
स्वास्थ्यमा सुधार आएपछि पुनः पत्रकारितामा सक्रिय केसीको स्वास्थ्य अवस्था अचानक गम्भीर भएपछि उपचारका लागि बुटवल लगिएको थियो ।