Logo

१८ जेठ, रोल्पा । रोल्पा नगरपालिका–३ चौरपानीमा स्थानीय तिलप्रसाद रोकाको घरमा आयोजित श्राद्ध कार्यक्रममा भाग लिएका करिब १ सय  १० जना बिरामी परेका छन् ।

बिरामीमध्ये चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी विजय चापागाईंले जानकारी दिएका छन् ।

वडा अध्यक्ष राजकुमार पुरीका अनुसार उक्त श्राद्ध कार्यक्रममा करिब १५० जना सहभागी भएका थिए जसमा एक सय १० जना बिरामी भएका हुन्। बिरामीहरुमा ज्वरो, लगातार बान्ता र पखाला जस्ता समस्या देखिएको र तिनीहरूलाई उपचारका लागि खुमेल स्वास्थ्य चौकीमा पुर्‍याइएको थियो ।

प्रहरीका अनुसार हालसम्म १०२ जनालाई उपचारपछि डिस्चार्ज गरिएको छ भने आठ जनालाई थप उपचारका लागि जिल्ला अस्पताल रेउघा रोल्पामा रेफर गरिएको छ। बिरामीमध्ये चार जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ र उनीहरूको उपचार जारी रहेको छ।

स्थानीय प्रशासन र स्वास्थ्यकर्मीहरूले तत्काल अनुसन्धान गरी समस्या समाधानका लागि काम गरिरहेका छन् ।


सम्बन्धित समाचार