Logo

२१ जेठ, काठमाडौँ ।  अनलाइन स्क्यामिङ कार्यमा फसाइएका तीन नेपाली नागरिकलाई म्यानमारबाट उद्धार गरी नेपाल फर्काइएको छ। नेपाली दूतावास, बैंककले थाइल्याण्ड सरकारको सहयोगमा म्यानमारको मेवाडीबाट उनीहरूको सकुशल उद्धार गरेको हो।

दूतावासले बुधबार जारी गरेको विज्ञप्तिअनुसार, “अनलाइन स्क्यामिङ कार्यमा लगाइएका नेपाली नागरिकलाई नेपाली राजदूतावासले थाइल्याण्ड सरकारको सहयोगमा म्यानमारको मेवाडीबाट उद्धार गरी थाइल्याण्डको बैंकक हुँदै ३ जना पुरुषलाई २०८२ जेठ २१ गतेका दिन नेपाल फर्काइएको छ।”

दूतावासले वैदेशिक रोजगारीमा जाने सोच बनाएका नेपाली नागरिकहरूलाई नेपाल सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्रै जान अनुरोध गरेको छ। साथै, दूतावासले कसैको प्रलोभनमा परेर छिटो र धेरै पैसा कमाउने उद्देश्यले कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्डलगायतका मुलुकमा वैदेशिक रोजगारीका लागि नआउनसमेत विशेष आग्रह गरेको छ। यस्ता कार्यमा फस्दा गम्भीर समस्यामा पर्न सकिने भन्दै दूतावासले सचेत गराएको छ।


सम्बन्धित समाचार