Logo

२२ जेठ,वीरगञ्ज । उपकार सेवा नेपालको सहयोगमा वीरगञ्ज महानगरपालिका वडा नं. १६ इनर्वास्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत ५० जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ। प्रतिव्यक्ति कापी, पेन्सिल, कटर र एउटा स्कुल ब्याग प्रदान गरिएको हो।

यी बालबालिकाहरूलाई विद्यालयमा टिकाइराख्ने अभिप्रायले स्थानीय धर्मशालामा एक कार्यक्रमका बीच सामग्री हस्तान्तरण गरिएको थियो।

कार्यक्रममा उपकार सेवा नेपालका अध्यक्ष विद्या कुमारी सरावगी, संस्थाका अभिभावक पद्मा देवी सरावगी, सदस्य सुमन बगेडिया, सामाजिक अभियन्ता प्रकाश थारु, युवा नेता ओम प्रकाश सर्राफ, युवा अभियन्ता सञ्जय कुमार सिंह तथा स्थानीय सिनोद साह, नरेश राम लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।


सम्बन्धित समाचार