Logo

१५ असार, काठमाडौं । नेपाली किसानहरूले धानको बीउमा गर्ने खर्च पछिल्लो एक वर्षमा झन्डै ३१ प्रतिशतले बढेको छ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ११ महिना (जेठ मसान्तसम्म) मा नेपालले १ अर्ब १६ करोड ६२ लाख ३५ हजार रुपैयाँ बराबरको धानको बीउ आयात गरेको छ। यो गत वर्षको सोही अवधिको तुलनामा करिब २८ करोड रुपैयाँले बढी हो। विज्ञहरूका अनुसार, उत्पादन बढी हुने भएकाले रैथाने धानका जातको सट्टा हाइब्रिड धान लगाउने क्रम बढेसँगै किसानहरू बीउमा विदेशी बजारमा निर्भर हुन थालेका छन्। यसले रैथाने जातको धान खेतीमा भने कमी आएको छ।

परिमाणका हिसाबले पनि धानको बीउ आयातमा उल्लेख्य वृद्धि भएको छ। चालु आर्थिक वर्षमा २,५७०.६८ मेट्रिक टन धानको बीउ आयात भएको छ, जुन अघिल्लो वर्षको २,१०७.२३ मेट्रिक टनभन्दा धेरै हो।

आयातको बढ्दो ग्राफ:

आर्थिक वर्ष २०८०/८१: ८८ करोड ६६ लाख ९ हजार रुपैयाँको २,१०७.४६ मेट्रिक टन

आर्थिक वर्ष २०७९/८०: ७५ करोड ६३ लाख ९३ हजार रुपैयाँको १,८८३.०९ मेट्रिक टन

आर्थिक वर्ष २०७८/०७९: ८७ करोड ५ लाख ९२ हजार रुपैयाँको ५,११५.०७ मेट्रिक टन

आर्थिक वर्ष २०७७/७८: २ अर्ब १७ करोड ३८ लाख ६८ हजार रुपैयाँको ४५,२८४.६१ मेट्रिक टन

आर्थिक वर्ष २०७६/७७: ७ करोड ८८ लाख ३ हजार रुपैयाँको २,१९१.०१ मेट्रिक टन

यस तथ्यांकले धान जस्तो मुख्य बालीको बीउमा समेत नेपालको परनिर्भरता बढ्दै गएको स्पष्ट देखाउँछ। धानको उत्पादन बढाउन र आत्मनिर्भर हुनका लागि आफ्नै देशमा उन्नत बीउ उत्पादनमा जोड दिनुपर्ने आवश्यकता विज्ञहरूले औँल्याएका छन्।


सम्बन्धित समाचार