Logo

१५ असार,वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाले आइतबार २२ औँ राष्ट्रिय धान दिवस विशेष कार्यक्रमका आयोजना गरेर मनाएको छ। धान दिवस विशेष अवसरमा गाउँपालिकाले किसानहरूको योगदानको उच्च कदर गर्दै उनीहरूलाई कोदालो र गम्छा ओढाएर सम्मान गरेको छ।

धान दिवसको कार्यक्रममा गाउँपालिका अध्यक्ष जसवन्त यादव, उपाध्यक्ष सर्मिला विष्ट महतो, प्रमुख प्रशासकीय अधिकृत रामबाबु प्रसाद कुशवाहा, वडा सदस्यहरू, कार्यपालिका सदस्यहरू र कर्मचारीहरू लगायतका जनप्रतिनिधि र प्रशासनिक व्यक्तिहरूले गाँउका किसानहरूसँगै खेतमा धान रोपाइँ गरेका थिए।

यो कार्यक्रमले किसानहरूलाई हौसला प्रदान गर्नुका साथै कृषि क्षेत्रको महत्त्वलाई उजागर गर्दै धान उत्पादन वृद्धिमा थप टेवा पु¥याउने विश्वास लिइएको छ।


सम्बन्धित समाचार