प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

९ भदौ, काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन आगामी भदौ ११ गते हुने भएको छ।

सभामुख देवराज घिमिरेले सोमबार निर्वाचनको मिति तय गरेका हुन् । गत साउन २८ गतेदेखि रिक्त रहेको सभापति पदमा १५ दिनभित्र निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्थाअनुसार सभामुखले यो कदम चालेका हुन्। निर्वाचनको मिति तय गर्नुअघि सभामुख घिमिरेले प्रमुख राजनीतिक दलहरूसँग परामर्श गरेका थिए। यस निर्वाचनसँगै समितिले पूर्ण नेतृत्व पाउने र विधेयकमाथिको छलफलले गति लिने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार