Logo

९ भदौ,काठमाडौं । नेपाली कांग्रेसले सोमबार दिउँसो पदाधिकारी बैठक बोलाएको छ। बिहानका लागि तय गरिएको शीर्ष नेताहरूको बैठक स्थगन गर्दै पार्टीले पदाधिकारीस्तरीय छलफल गर्ने निर्णय गरेको हो।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिउँसो २ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा पदाधिकारी बैठक बस्ने जानकारी दिएका छन्। उनले बिहानको बैठक स्थगित भएको समेत पुष्टि गरे।

बैठकमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति चयनबारे छलफल हुने छ। पार्टी सभापति शेरबहादुर देउवाले यस विषयमा आन्तरिक समन्वय गर्न उपसभापतिहरू पूर्णबहादुर खड्का, धनराज गुरुङ, तथा महामन्त्रीहरू गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई छलफलका लागि बोलाएका हुन्।

बैठकमा समितिको सभापति पदमा पार्टीको दाबी, संभावित उम्मेदवार, गठबन्धनसँगको समन्वय लगायतका विषयमा रणनीति तय हुने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार