Logo

१० भदौ, काठमाडौं । नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापतिको लागि ईश्वरीदेवी न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। मंगलबार बसेको कांग्रेस पदाधिकारी बैठकले न्यौपानेलाई सभापतिको लागि मनोनयन गर्ने सहमति गरेको हो।

न्यौपाने वर्तमानमा संसदीय सुनुवाइ समितिका सभापति भएकी थिइन्। कांग्रेसले उनलाई संसदीय सुनुवाइ समितिबाट राजीनामा दिन लगाएर राज्य व्यवस्था समितिको सभापति बनाउने निर्णय गरेको हो।

सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको शीर्ष पाँच नेताको बैठकले पनि न्यौपानेलाई सभापतिको उम्मेदवार बनाउने विषयमा सहमति जनाएको बताइएको छ।

राज्य व्यवस्था समितिको सभापतिका लागि आज मनोनयन दिने र भोलि मतदान गर्ने कार्यतालिका तोकिएको छ।


सम्बन्धित समाचार