प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

११ भदौ, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले बुधबार पनि आफ्नो उकालो यात्रा जारी राखेको छ, जबकि केही दिनदेखि लगातार नयाँ रेकर्ड बनाइरहेको चाँदीको भाउ भने घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधबार छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर एक लाख ९९ हजार रुपैयाँ पुगेको छ । यो मूल्य ऐतिहासिक उचाइको नजिक पुगेको हो ।  यसअघि मंगलबार सुन प्रतितोला एक लाख ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । निरन्तर नयाँ रेकर्ड बनाइरहेको चाँदीको मूल्यमा भने यस दिन ब्रेक लागेको छ  ।

बुधबार चाँदीको मूल्य १५ रुपैयाँले घटेर २ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदीको भाउ हालसम्मकै उच्च २ हजार ३६० रुपैयाँमा पुगेको थियो । सुनको मूल्य निरन्तर बढ्नु र चाँदीको मूल्यमा आएको उतारचढावले नेपाली बजारमा धातुहरूको मूल्यमा अस्थिरता देखिएको छ।


सम्बन्धित समाचार