काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–१० नहरचोकमा बस्दै आएका दुई दिदीबहिनी बेपत्ता भएका छन् ।
बेपत्ता हुनेहरूमा १६ वर्षीया रिना थापा र उनकी बहिनी १३ वर्षीया रोशनी विक रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गोविन्द पुरीले दिएको जानकारीअनुसार, उनीहरू मंगलबार बिहान सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकास्थित आफ्नो घर जान्छौँ भनेर हिँडेका थिए । त्यसपछि उनीहरू परिवारको सम्पर्कमा नआएको परिवारले बताएको छ।
एसपी पुरीले परिवारले उजुरी दिएपछि खोजतलास सुरु गरिएको जानकारी दिएका छन्। प्रहरीका अनुसार, उनीहरूको अन्तिम लोकेसन काठमाडौंमा देखिएकाले काठमाडौं प्रहरीसँग पनि समन्वय गरेर काम भइरहेको छ। उनीहरूलाई कोही कसैले कतै देखेमा नजिकको प्रहरी कार्यालयमा खबर गर्न वा परिवारको सम्पर्क नम्बर ९८१८३४५३०२ र ९८१०३२१७६७ मा सम्पर्क गर्न परिवारले अनुरोध गरेको छ।















