Logo

११ भदौ, काठमाडौँ । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको मूल्य फेरि बढाएको छ।

संघको निर्णयअनुसार भोलिदेखि एउटा अण्डाको मूल्य २३ रुपैयाँ हुनेछ भने दुईवटाको ४५ रुपैयाँ पर्नेछ। संघले तोकेको नयाँ होलसेल मूल्यअनुसार ठूलो अण्डा प्रति क्रेट ५४५ रुपैयाँ र मिडियम अण्डा ५३० रुपैयाँ कायम गरिएको छ। यस्तै, सानो अण्डाको मूल्य प्रति पेटी ३ हजार रुपैयाँ तोकिएको छ।

संघले चितवनबाट देशभरका डिपोमा अण्डा पुर्‍याउँदा लाग्ने ढुवानी खर्चसहित प्रति पेटी १३० रुपैयाँ थप लाग्ने जानकारी दिएको छ। यसअघि, संघले भदौ ४ गते पनि अण्डाको मूल्य बढाएको थियो।


सम्बन्धित समाचार