Logo

७ असोज, ठोरी  । काठमाडौ महानगरपालिकाले ठोरी गाउँपालिकालाई एउटा एम्बुलेन्स उपलब्ध गराएको छ । निश्चित कार्यविधीका आधारमा देशभरका ३५ ओटा पालिकालाई काठमाडौं महानगरले एम्बुलेन्स प्रदान गरेकोमा ठोरी पनि छनोट भएको थियो ।

यसैबिच आज काठमाडौं महानगरपालिकाले ठोरी गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठलाई उक्त एम्बुलेन्स हस्तान्तरण गरेको छ। एम्बुलेन्स लिन गापा अध्यक्ष श्रेष्ठ र ठोरीका स्वास्थ्य संयोजक रमेशराज थिङ सहितको टोली काठमाडौं पुगेको थियो ।

ठोरी गाउँपालिकाले १ बर्ष अघि बुझाएको गापाको अवस्थिति प्रतिबेदन सहितको प्रस्तावनाको आधारमा ठोरीलाई एम्बुलेन्स दिन उपर्युक्त गाउँपालिकामा छनोट भएको थियो। देशभरका स्थानीय तह मध्ये ३५ ओटा स्थानीय तहलाई महानगरले एम्बुलेन्स हस्तान्तरण गरिरहेको छ ।


सम्बन्धित समाचार