Logo

८ अअसोज, काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज दिउँसो पार्टी मुख्यालय पेरिसडाँडामा सुरु भएको छ । यो बैठकले भोलि बस्ने केन्द्रीय समितिको बैठकका लागि एजेन्डा तय गर्नेछ।

विशेष महाधिवेशनको प्रस्तावमा छलफल

यस बैठकमा मुख्यतया अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्तावमाथि छलफल हुनेछ । असोज ५ गते बसेको पदाधिकारी बैठकमा प्रचण्डले अहिलेको केन्द्रीय समिति विघटन गरी विशेष महाधिवेशनमा जाने प्रस्ताव गरेका थिए ।

आजको स्थायी समिति बैठकले महाधिवेशनको मिति, कार्यविधि र यसको ढाँचा (मोडालिटी) लगायतका विषयमा विस्तृत छलफल गरेर प्रस्ताव तयार पार्नेछ। यो प्रस्तावलाई भोलिको केन्द्रीय समिति बैठकमा पेस गरिनेछ, जहाँ यसले अन्तिम रूप पाउनेछ।

हालैको जेनजी आन्दोलनपछि देशमा उत्पन्न राजनीतिक अस्थिरता र त्यसले परम्परागत पार्टी नेतृत्वमाथि पारेको दबाबलाई ध्यानमा राख्दै माओवादीले आफ्नो आन्तरिक संरचनालाई पुनर्गठन गर्ने प्रयास गरेको देखिन्छ।


सम्बन्धित समाचार
भर्खरै