Logo

दशैँ, तिहारजस्ता चाडपर्वहरूमा डिजिटल कारोबारलाई थप सहज बनाउन नेपाल राष्ट्र बैंकले महत्त्वपूर्ण निर्णय गरेको छ।

राष्ट्र बैंकले इसेवा, खल्ती, नमस्ते पे लगायतका मोबाइल वालेट प्रयोगकर्ताहरूलाई लक्षित गर्दै दैनिक कारोबारको सीमा अस्थायी रूपमा बढाएको छ।

पहिले प्राकृतिक व्यक्तिले एक दिनमा अधिकतम १० पटक मात्र वालेटबाट कारोबार गर्न पाउने नियम थियो । राष्ट्र बैंकले अब यसलाई बढाएर दैनिक अधिकतम ४० पटकसम्म कारोबार गर्न पाउने व्यवस्था लागू गरेको छ । यो विशेष व्यवस्था असोज १३ गते (फूलपातीको दिन) देखि पूर्णिमाको दिनसम्म लागू हुनेछ । राष्ट्र बैंकका अनुसार यो कदम विशेषगरी चाडपर्वमा हुने डिजिटल दक्षिणा भुक्तानीलाई सरल र सुलभ बनाउनका लागि चालिएको हो । डिजिटल वालेटको प्रयोग बढिरहेको सन्दर्भमा, राष्ट्र बैंकको यो निर्णयले लाखौं प्रयोगकर्ताहरूलाई दशैँको किनमेल तथा दक्षिणा आदानप्रदानमा ठूलो राहत पुर्‍याउने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार