Logo

९ चैत,वीरगञ्ज । बाराको बिश्रापुर गाउँपालिका वडा नं. ५ अन्तर्गत ईटियाही सानो टोलमा रहेको करिब २५ कट्ठा क्षेत्रफलमा फैलिएको अलपत्र पोखरीलाई सौन्दर्यकरण गरी पर्यटकीय स्थलका रूपमा विकास गर्ने पहल सुरु गरिएको छ।

स्थलगत निरीक्षण तथा नापजाँच कार्य आज स्थानीयवासी र जनप्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न भयो। लामो समयदेखि उपयोगविहीन अवस्थामा रहेको उक्त पोखरीलाई व्यवस्थित गरी आकर्षक पार्कको रूपमा विकास गर्ने योजना स्थानीय तहले अघि सारेको हो।

स्थानीय sources का अनुसार पोखरीको विस्तृत नाप–नक्सा गरी विस्तृत परियोजना प्रतिवेदन (DPR) तयार पारिनेछ। त्यसपछि सम्बन्धित निकायसँग पहल गरी बजेट विनियोजन गराइने र सो क्षेत्रलाई सुन्दर पर्यटकीय गन्तव्य बनाउने लक्ष्य राखिएको छ।

आजको निरीक्षण तथा नापजाँच कार्यमा वडा नं. ५ का वडा अध्यक्ष अमिरी लाल गुप्ता, पूर्व वडा अध्यक्ष भोला साह सोनार, समाजसेवी कृष्णा साह, गाउँपालिका अध्यक्षका प्रत्यासी सुमित यादव, स्थानीय नागरिक राजेश्वर कुशवाहा, दिपेन्द्र सरार्फ, वडा अध्यक्ष प्रत्यासी सन्तोष सरार्फ, सञ्चारकर्मी राजकुमार सरार्फ र बिनोद कुशवाहा लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।


सम्बन्धित समाचार
भर्खरै