Logo

२१ चैत,काठमाडौं ।प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले कर्णाली प्रदेशलाई १० विकेटले पराजित गरेको छ।

आजको खेलमा कर्णालीले २६ ओभरमा १ सय ७ रन बनाउँदै अलआउट भयो। कर्णालीका अर्जुन घर्तीले सबैभन्दा बढी ३८ रन बनाए। एपीएफका दीपेश कँडेलले चार विकेट लिएर आफ्नो टोलीलाई लाभ दिलाए।

१ सय ८ रनको लक्ष्य पछ्याएको एपीएफले १२ ओभरमै कुनै विकेट गुमाए बिना लक्ष्य पूरा गर्यो। एपीएफका आसिफ शेखले अविजित ६५ र दीपक बोहराले अविजित ४२ रन बनाए।

प्रतियोगितामा एपीएफको यो दोश्रो जीत हो। अहिले एपीएफ ६ खेलमा ५ अङ्कसहित छैटौं स्थानमा रहेको छ भने कर्णाली ३ अङ्कसहित आठौं स्थानमा छ।

त्यसैबीच, वीरगञ्जमै अर्को खेलमा गण्डकी प्रदेशले दिएको २ सय २८ रनको लक्ष्य कोशी प्रदेशले पछ्याइरहेको छ। प्रतियोगितामा जम्मा १० वटा टोली प्रतिस्पर्धा गर्दैछन्।


सम्बन्धित समाचार
भर्खरै