Logo

३० चैत,वीरगञ्ज । प्रधानमन्त्री कप क्रिकेटअन्तर्गत एपीएफ क्लबका ओपनर आसिफ शेख ले दुर्लभ कीर्तिमान कायम गरेका छन्। उनले वीरगञ्जस्थित नारायणी क्रिकेट मैदान मा जारी खेलमा मधेश प्रदेशविरुद्ध दोहोरो शतक प्रहार गर्दै प्रतियोगिताको इतिहासमा नयाँ अध्याय थपेका हुन्।

१४२ बल खेलेका शेख २०८ रनमा रिटायर्ड हर्ट भए। उनले आफ्नो इनिङ्समा १५ चौका र १७ छक्का प्रहार गरेका थिए। प्रधानमन्त्री कपमा कुनै पनि खेलाडीले यसअघि दोहोरो शतक बनाउन नसकेको अवस्थामा शेखको यो उपलब्धि ऐतिहासिक बनेको छ।

उनकै उत्कृष्ट प्रदर्शनको मद्दतमा एपीएफ क्लब ले मधेश प्रदेशसामु ३९१ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ, जुन प्रतियोगिताकै नयाँ कीर्तिमान हो।

यसअघि सोही संस्करणमा नेपाल पुलिस क्लब ले एपीएफविरुद्ध ३५५ रन बनाउँदै उच्च स्कोरको कीर्तिमान राखेको थियो। एपीएफले उक्त कीर्तिमान तोड्दै नयाँ मानक स्थापित गरेको हो।


सम्बन्धित समाचार
भर्खरै