२ असार,काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत गएराति र आज बिहान सम्पन्न चार खेलहरूमा सबै खेल बराबरीमा सकिएका छन्।
गएराति भएको खेलमा विश्व विजेता स्पेन नवप्रवेशी टोली केप भर्डेसँग गोलरहित बराबरीमा रोकिएको छ। अपेक्षाअनुसारको प्रदर्शन गर्न नसकेको स्पेनले केप भर्डेसँग अंक बाँड्नुपरेको हो।
त्यस्तै, बेल्जियम र इजिप्टबीच भएको खेल १–१ गोलको बराबरीमा सकिएको छ। दुवै टोलीले आक्रमक खेल प्रदर्शन गरे पनि नतिजा आफ्नो पक्षमा पार्न सकेनन्।
साउदी अरेबिया र उरुग्वेबीचको खेल पनि १–१ गोलको बराबरीमा टुंगिएको छ।
त्यसैगरी केही समयअघि सम्पन्न इरान र न्युजिल्यान्डबीचको खेल २–२ गोलको बराबरीमा समाप्त भएको छ। खेलमा न्युजिल्यान्डले दुईपटक अग्रता लिए पनि त्यसलाई कायम राख्न नसक्दा इरानले बराबरी गर्न सफल भएको हो।
चारै खेल बराबरीमा सकिएसँगै विश्वकप–२०२६ को प्रतिस्पर्धा थप रोचक बनेको छ।
















