Logo

२९ असार, काठमाडौं । जाजरकोटमा पहिरोले घर पुरिँदा आमाको मृत्यु भएको छ भने छोरी र नातिनी घाईते भएका छन् ।

गएराति परेको अविरल वर्षापछि खसेको भेरी नगरपालिका–२ राङसीमा पहिरोले घर पुरिँदा ६० वर्षीया जयशिला शाहको मृत्यु भएको हो।

राति सुतिरहेको बेला घरमाथिबाट खसेको पहिरोले पुरिँदा शाहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सुधिरकुमार खड्काका अनुसार पहिरोले पुरिँदा जयशिला शाहकी ४० वर्षीया छोरी मेनुका शाह (थापा) र ७ वर्षीया नातिनी टिका थापा सामान्य घाइते भएका छन्। उनीहरुलाई घाइते अवस्थामा उद्धार गरिएको छ।

घाईते भएका उनीहरूलाई स्थानीयवासी र प्रहरी टोलीले उद्धार गरी उपचारका लागि अस्ताल पठाएका प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार