Logo

११ असार, काठमाडौं । कक्षा १२ को परीक्षा नतिजा सार्वजनिक भएपछि विद्यार्थीहरूले उठाएको असन्तुष्टि र आन्दोलनलाई सम्बोधन गर्दै सरकारले छानबिन समिति गठन गरेको छ ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यार्थीहरूको मागलाई मध्यनजर गर्दै उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण, परीक्षांक र डेटा इन्ट्रीको भेरिफिकेसनका लागि समिति गठन गरिएको जानकारी दिनुभएको छ । उक्त समितिमा शिक्षा मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रका उपसचिवहरूको प्रतिनिधित्व रहनेछ ।

नतिजा प्रकाशनमा हतार गरिएको भन्दै विद्यार्थीहरूले माइतीघर मण्डलमा प्रदर्शन जारी राखेका छन् । मन्त्री पोखरेलले भने नतिजा प्रकाशनमा कुनै हतार नगरिएको बरु आवश्यक जनशक्ति थप गरी प्रशासनिक प्रक्रिया छोट्याएर समयमै नतिजा ल्याइएको दाबी गर्नुभएको छ ।

साथै, उहाँले आन्दोलनरत विद्यार्थीहरूप्रति सामाजिक सञ्जालमा भइरहेका अपमानजनक र दुर्व्यवहारपूर्ण टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यस्ता कार्य नगर्न सबैमा आग्रह गर्नुभएको छ ।


सम्बन्धित समाचार