Logo

२९ असार,वीरगञ्ज । बाराको महागढीमाई नगरपालिकाले आधारभूत स्वास्थ्य सेवा केन्द्र–५ मा कार्यरत स्वास्थ्यकर्मी ज्ञानसागर चौधरीको असामयिक निधनप्रति शोक व्यक्त गर्दै आज स्थानीय शोक बिदा घोषणा गरेको छ।

नगरपालिकाले सामाजिक सञ्जालमार्फत सूचना जारी गर्दै स्वास्थ्यकर्मी चौधरीको निधनले सम्पूर्ण नगरपालिका परिवार स्तब्ध र शोकाकुल भएको जनाएको छ। साथै दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।

यस दुःखद घटनालाई मध्यनजर गर्दै आज मिति २०८३ असार २९ गते सोमबार महागढीमाई नगरपालिका अन्तर्गत रहेका सम्पूर्ण कार्यालयहरूमा स्थानीय शोक बिदा दिइएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाले दिवंगत चौधरीले स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदानको उच्च कदर गर्दै उनको आत्माको चिरशान्तिको कामना गरेको छ।


सम्बन्धित समाचार