Logo

२९ असार, काठमाडौं ।  नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट सोमबार १५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ ।

राष्ट्र बैंकले एक वर्षे अवधिका लागि उक्त ऋणपत्र जारी गर्न लागेको हो । राष्ट्र बैंकले आजै दिउँसो ३ बजे बोलकबोलको समय तोकेको छ ।

बोल गर्न सकिने रकम घटिमा ५ करोड रुपैयाँ र बढीमा पाँच करोड रूपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म रहेको छ ।

निक्षेप संकलनको बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा चार अंकसम्म) उल्लेख गर्नु पर्नेछ । सावाँ तथा ब्याज भुक्तानी अर्ध वार्षिक तोकिएको छ भने यसको ब्याजदर समेत बोलकबोलको माध्यमबाट हुनेछ ।

राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहु ब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।


सम्बन्धित समाचार