३० असार, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद् बैठक बोलाउनु भएको छ ।
प्रधानमन्त्री शाहले मङ्गलबार अपराह्न ४ बजे सिंहदरबारमा बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाउनु भएको हो ।
आजको बैठकमा सरकारका नियमित कामकारबाही र संसद्को बजेट अधिवेशन अन्त्य गर्नेबारे छलफल र निर्णय गर्न सक्ने बताइएको छ ।


















