Logo

२९ वैशाख, वीरगञ्ज । बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं. २३ भलुही चौकमा पिकअपको ठक्करबाट बसमा सवार यात्रुको आज विहान मृत्यु भएको छ । पिकअपको ठक्करले बसमा सवार यात्रु पर्साको कालिकामाई गाउँपालिका वडा नं. २ भेडिहारी निवासी ५२ बर्षिय नागेन्द्र महतो नुनियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

वीरगंजबाट काठमाडौंको लागि जादै गरेको ना ६ ख ९३६१ नम्बरको बसमा सवार नुनियाको विपरित दिसाबाट आउँदै गरेको प्रदेश २ –३ –००१ –च –२४५२ नम्बरको पिकअपले ठक्कर दिदाँ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।

बसमा सवार नुनियाले झ्यालबाट टाउको निकालेका कारण र पिकअपको गति तिब्र रहेकोले दुर्घटना भएको उनले वताए । यात्रुवाहक बस, बस चालक, ठक्कर दिने पिकअप र पिकअप चालक बाराको सिमरा निवासी तिर महमदलाई नियन्त्रणमा लिएर घटना बारे अनुसन्धान भइरहेको प्रवक्ता पाण्डले वताए ।


सम्बन्धित समाचार