३० वैशाख, वीरगञ्ज ।पर्साको बहुदरामाई नगरपालिका वडा नम्बर ७ फुलकौलमा नेकपा माओवादी केन्द्रको सहायक संगठन वाइसियल नेपालको वडा इकाई कमिटि गठन भएको छ ।
नेकपा माओवादी केन्द्र वडा ईकाई अध्यक्ष सुरेन्द्र यादवको अध्यक्षतामा भएको भेलाले विजय पासवानको अध्यक्षतामा १६ सदस्यीय वाईसियल वडा इकाई कमिति गठन भएको छ ।
कमिटिको उपाध्यक्ष जटाशंकर साह, सचिवमा रोशन प्रसाद यादव, कोषाध्यक्षमा मुगियादेवी र सदस्यहरुमा उमेश पासवान, श्रवण कुमार पासवान, रोहित पटेल, मुकेश पासवान, चन्दन पासवान, विचेन्द्र पासवान, पवन देव राम जलन्धर राम बलिराम प्रसाद यादव रामजी राम, ऋषिमुनी पासवान, बुनीलाल राम लगायत रहेका छन् ।

















