Logo

३० वैशाख,बारा । बारामा वाईसिएलले भ्रष्टाचार विरुद्ध खबरदारी गरेको छ । सिमरा चोकमा वाईसिएल नगर कमिटी जीतपुरसिमराउपमहानगरले भ्रष्टाचार विरुद्ध खबरदारी गरेको हो ।

भ्रष्टचार विरुद्ध ऐक्यवद्धता र खबरदारी, हाम्रो जिम्मेवारी भन्ने मुल नाराका साथ वाईसिएल नगर कमिटीले सिमरामा प्रदर्शन गरेको हो । सहभागीहरुले संगठित अपराध राष्ट्रघात हो, भ्रष्टाचार जनघात हो, भ्रष्टचार विरुद्ध आम नागरिक एक हौँ लगायतको नारा लगाएका थिए । त्यस्तै कलैयामा वाईसिएल नगर कमिटी कलैया उपमहानगरले प्रद्धर्शन गरेको थियो ।

वाईसियलका केन्द्रिय सदस्य रुकु पाख्रिनले भ्रष्टचार गर्नेको कुनै पाटी वा लिंग नहुने भएकाले भ्रष्टचार विरुद्ध अघि बढ्न सरकारलाई आग्रह गर्नुभएको थियो । उहाँले वाईसियलले जहिले पनि भ्रष्टचार विरुद्ध आवाज उठाउँदै आएको र आगामी दिनमा समेत आवाज उठाईरहने जानकारी दिनुभयो ।


सम्बन्धित समाचार