Logo

३० वैशाख,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिटानेले एउटा काण्डको छानबिन गर्दैमा सरकारको नै सफलता भन्न नसकिने बताउनुभएको छ ।शनिवार काठमाडौंको नक्शालमा नागरिक अगुवाहरु मिलेर भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपबिरुद्ध वृहत आन्दोलनमा पत्रकारहरुसँग कुरागर्दै सभापति लामिछानेले यस्तो बताउनुभएको हो ।

उहाँले सरकारले एउटा काण्डको अनुसन्धान खोल्दैमा सरकारलाई नै सफलता भन्दा अलि धेरै हुने भन्दै अन्य धेरै लाइनमा रहेका काण्डहरु अनुसन्धान भए सरकारको सफलता मान्ने बताउनु भयो। उहाँले भूटानी शरणार्थी काण्डलाई सरकारले शुरुवात बिन्दु मानेको भए सरकारलाई धन्यवाद दिनुपर्ने बताउनु भयो ।

उहाँले सरकारले अन्य लाइनमा रहेको काण्डहरु अनुसन्धान अघि बढाउन रोकिन नहुने बताउनु भयो । उहाँले कुनै पनि पार्टी र पार्टीका शिर्ष नेताहरुले कसैले पनि विषयान्तर गर्न नहुने बताउनु भयो । उहाँले आफ्नो दलको लागि दोषीलाई बचाउने,छेक्ने ढाट्ने नगर्न आग्रह गर्नुभयो।

उहाँले भन्नुभयो,‘नेपालले भ्रष्टाचार गर्ने पूर्वगृहमन्त्रीहरुलाई समेत कारबाहीको दायरामा ल्यायो भन्ने नजिर अन्तर्राष्ट्रिय देशलाई देखाउनुपर्छ । देशको बेइज्जत होइन भ्रष्टाचार गर्नेहरुको उजागर भयो । विभिन्न देशका पूर्वप्रधानमन्त्रीहरु हतकडी लाएर झेल गएको देखेका छौैं । यो देशको बेज्जत भएको होइन यो देशको इज्जत बढ्यो ।

पूर्वप्रधानमन्त्रीहरुलाई हतकडी लगाएर जेलमा कोच्ने देशहरुको नजिर नेपालले लिने हो । गलत छन् भने हेर्ने होइन प्रमाणित गर्ने कोशिस होला । जो–जो मुछिए पनि समाएर अनुसन्धानको दायरामा ल्याउने कसैलाई पनि छोड्ने होइन । एउटा काण्डको अनुसन्धान खोल्दैमा सरकारलाई नै सफलता भन्दा अलि धेरै हुन्छ । त्यतिधेरै पनि नलियौं होला ।

आशावादी हुनुपर्छ । धेरै काण्डहरु लाइनमा छन्। ती काण्डहरु पनि अनुसन्धान हुन् । अनि हेर्छौं । सरकारले यसलाई शुरुवात बिन्दु मानेको हो भने स्याबास सरकार तर यो रोकिनु भएन । अहिलेलाई विषयान्तर गर्न सकैले नगरोस् । आफ्नो दलको लागि दोषीलाई बचाउने छेक्ने ढाँट्ने नगर्नुस् । नाङ्गीसक्यो अब किन छेक्ने ।’

सभापति लामिछानेले सरकारले भ्रष्टाचार गर्ने पूर्वगृहमन्त्रीहरुलाई समेत कारबाहीको दायरामा ल्यायो भन्ने नजिर अन्तर्राष्ट्रिय देशलाई देखाउनु राम्रो भएको बताउनु भयो।

उहाँले विभिन्न देशका पूर्वप्रधानमन्त्रीहरु हतकडी लाएर झेल गएकोदेखि रहेको भन्दै पूर्वप्रधानमन्त्रीहरुलाई हतकडी लगाएर जेलमा कोच्ने देशहरुको नजिर नेपालले लिन सक्नुपर्ने बताउनु भयो। उहाँले काण्डमा दोषी देखिएकाहरुलाई अनुसन्धानको दायरामा ल्याउन कसैलाई पनि छाड्न नहुने बताउनु भयो।


सम्बन्धित समाचार