Logo

३० वैशाख,सिम्रौनगढ । बाराको सिम्रौनगढ नगरपालिका ७ कन्काली माविको प्राङगणमा नि शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

नेपाल सेनाका श्री ज्वाला दलगण कलैयाको आयोजनामा भएको शिविरमा बाल रोग, स्त्री तथा प्रसुती रोग, नाक, कान घाँटी सम्बन्धि रोग, आँखा तथा छालाको रोग, दन्त रोग, हाडजोर्नी सम्बन्धि रोग तथा जेनेरल मेडिसिनको चेकजाँच गरि निशुल्क औषधी समेत वितरण गरिएको थियो । शिविरबाट एक हजार २ सय महिला एवम् पुरुषले लाभ लिएको थिए ।

जसमध्ये ४ सय जना, ७ सय महिला र एकसय बालिका रहेका छन् । शिविरमा सेनाका डा. मेजर कृष्णदेव शाह लगायतका डाक्टरहरुले उनीहरुको चेकजाँच गर्नुभएको हो ।


सम्बन्धित समाचार