Logo

१ जेठ,चितवन। चितवनको खैरहनी नगरपालिका–८ पर्सा बजारमा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । बाराको कलैयाबाट काठमाण्डौका लागि छुटेको बाग्मती प्रदेश ०३–००१ ख २५६१ नम्बरको बस अनियन्त्रित भइ गएराति दुर्घटना भएको हो।

बस अनियन्त्रित भइ सडक छेउमा पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र १४ जना मध्यम घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अन्य १६ जनाको अवस्था सामान्य रहेको छ ।


सम्बन्धित समाचार