Logo

१ जेठ,वीरगञ्ज । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले बन्द रहेका सरकारी उद्योगहरु पुन सन्चालनका लागि सरकार लागेको बताएका छन् ।
सोमबार वीरगन्जमा नेपाल प्रेस युनियन पर्साको १०ओैं अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री रिजालले यस्तो बताएका हुन् ।

उनले भने, बन्द रहेको वीरगञ्ज चिनी कारखानासहितका सरकारी उद्योगहरु पुन चलाउनका लागि सरकारले गृहकार्य गरिरहेको छ।कुन मोडलमा चलाउने बारेमा छलफल चलिरहेको छ।
नक्कली भुटानी शरणार्थी प्रकरण बारे बोल्दै रिजालले एमालेकै सरकारका पाला देखि यो भ्रष्टाचार प्रकरण सुरु भएको बताए । उनले भने, राम बहादुर थापा बादल गृहमन्त्री भएका बेला प्रधानमन्त्री कुन पार्टीका थिए? टोपबहादुर रायमाझी मन्त्री हुदाँ प्रधानमन्त्री कुन पार्टीका थिए ? यो सबैलाई थाहा छ ।

नक्कली शरणार्थीका नाममा भएको भ्रष्टाचार प्रकरणको अनुसन्धानमा अहिलेको गठबन्धन सरकारले पुर्ण रुपमा सघाइरहेको बताउदै मन्त्री रिजालले भने, भ्रष्टाचारीलाई कारबाही हुनै पर्छ, सरकारले अनुसन्धानमा कुनै हस्ताक्षेप गर्दैन ।उनले देशको अर्थतन्त्रलाई पुन चलायमान बनाउन सरकार लागि परेको बताए ।

प्रेस युनियनका जिल्ला अध्यक्ष रामनारायण कुर्मीको अध्यक्षतामा भएको उद्घाटन समारोहलाई प्रदेशसभा सदस्यद्वय जनार्दन सिंह क्षेत्री र श्याम पटेल, कांग्रेस जिल्ला उपसभापति रामनारायण कुर्मी, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहान, नेपाल प्रेस युनियनका केन्द्रीय सचिव अशोक तिवारी, नेपाल प्रेस युनियनका मधेस प्रदेश अध्यक्ष सत्यप्रसाद श्रेष्ठ , वीरगन्ज उपमहानगरपालिकाका उपमेयर इम्तियाज आलम, कांग्रेसका जिल्ला सहसचिव नवीन सिंह, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य केसी लामिछाने, पत्रकार महासंघका मधेस प्रदेश महासचिव श्याम बन्जारा, समाजवादी प्रेस संगठनका जिल्ला अध्यक्ष मनोज पटेल, प्रेस सेन्टरका जिल्ला अध्यक्ष दिपक गौतम लगायतले पनि सम्बोधन गरेका थिए । मधेसखबर


सम्बन्धित समाचार