Logo

१ जेठ,बारा । जीतपुरसिमरा उपमहानगरपालिकाले नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय औराहाका एक शिक्षिकालाई स्पष्टिकरण सोधेको छ । प्रा.बि. तहमा राहत कोटामा कार्यरत मिना कुमारी ढकाललाई राष्ट्रिय स्वतन्त्र पाटीको सदस्यता लिएका कारण स्पष्टिकरण सोधिएको हो ।

समाजिक सञ्जालहरुमा शिक्षिका ढकालको रास्वपाको सदस्यता भएको फोटो सहितको परिचयपत्र जारी भएपछि उपमहानगरपालिकाको शिक्षा महाशाखाले स्पष्टिकरण सोधेको हो । साँत दिन भित्र स्पष्टिकरणको जवाफ दिन निर्देशन दिएको छ ।ऐन अनुसार शिक्षक कुनै राजनितीक दलको सदस्य हुन नपाउँने ब्यवस्था रहेको छ ।


सम्बन्धित समाचार