Logo

१ जेठ,पर्सागढि । पर्साको पर्सागढि नगरपालिका वडा न २ मा रहेका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित  बासोबासीहरुको जग्गाको नाप नक्सा कार्य आज बाट सुरु गरेको छ ।

नापी कार्यालय पर्साका प्रमुख तथा राष्ट्रिय भुमिआयोग पर्साका सदस्य सचिब नारायण श्रेष्ठको नेतृत्वमा आएको नापि टोलिले नापी कार्य सुरु गरेको हो ।

पर्सागढि नगरपालिका वडा न २ मा भुमिहिन ७६ , भुमिहिन दलित ४१ , भुमिहिन सुकुम्बासी अव्यवस्थित बसोबास १८३ गरि ३०० जना लाई पर्सागढि नगरपालिकाले जग्गाको निस्सा बितरण पहिले नै बितरण गरि सकेको र उनिहरुकै जग्गाको नाप नक्सा आज बाट सुरु गरिएको पर्सागढिका नगर प्रमुख गोकर्ण पाठकले जानकारी दिनुभएको छ ।

भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको विवरण तथा तथ्याङ्क संकलन गरी प्रमाणिकरण गर्ने जिम्मेवारी स्थानीय तहलाई तोकिएको छ। सो को लागि प्रत्येक स्थानीय तहमा लगत संकलन इकाई खडा हुनेछ। सम्बन्धित सुकुम्बासी तथा अव्यवस्थीत वसोवासीको पहिचान, लगत संकलन, प्रमाणिकरण तथा नापनक्सा गर्ने कार्यको सहजीकरण गर्न स्थानीय तह स्तरमा सम्बन्धित अध्यक्ष वा प्रमुखको संयोजकत्वमा र वडास्तरमा वडा अध्यक्षको संयोजकत्वमा सहजीकरण समिति रहने व्यवस्था छ।


सम्बन्धित समाचार