Logo

२० वैशाख,सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिकामा स्कुटर दुर्घटना हुँदा एकजना महिलाको मृत्यु भएको छ । भने एकजना घाइते भएका छन् ।

नगरपालिकाको वडा नम्बर ४ सागरनाथमा आज बिहान स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको हो । दुर्घटनामा सोही टोलकी ४० वर्षकी देवीमाया थापा मगरको घटनास्थलमै निधन भएको हो । देवीमायाले चलाएको बा ५४ प ६३०७ नम्बरको स्कुटर घुम्ती बाटोमा अनियन्त्रित भई सडक नजिक राखिएको टायरगाढामा ठोक्किएको थियो ।

घटनास्थलको मुचुल्का तयार गरी मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा मृतक देविमायाका छोरा ११ वर्षीय श्रवण थापा मगर गम्भीर घाइते भएका छन् ।

घाइते बालकलाई मोडेल अस्पताल लालबन्दीमा सामान्य उपचारपश्चात् थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको प्रहरीको भनाइ छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनायो ।


सम्बन्धित समाचार