Logo

२१ बैशाख,काठमाडौँ । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजबाट काठमाडौँमा सुरु भएको छ । दुई दिन चल्ने महाधिवेशनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरे ।

राष्ट्रिय सभागृहमा शुक्रबार महासंघको महाधिवेशन भइरहेको छ । महाधिवेशन अघि पत्रकारहरूले शान्तिवाटिकाबाट राष्ट्रिय सभागृहसम्म प्रभातफेरी समेत निकालेका थिए ।

महाधिवेशनमा उद्घाटन मन्तव्य राख्दै सञ्चारिका समूहकी अध्यक्ष बिमला तुम्खेवाले महासंघको इतिहासमा महिला अध्यक्षले नेतृत्व नपाएको अवस्थामा महाधिवेशनले आउने चुनावमा महिला नेतृत्वलाई जिम्मेवारी दिनुपर्नेमा जोड दिइन ।

‘महासंघले अहिलेसम्मको इतिहासमा महिला नेतृत्व पाएको छैन । अबको नेतृत्व सबैको सहमतिबाट महिला प्राप्त गरोस्’ अध्यक्ष तुम्खेवाले भनिन् ।

शनिबारसम्म चल्ने महासंघको केन्द्रीय महाधिवेशनमा सहभागी हुन देशभरबाट पत्रकारहरू काठमाडौंमा आएका छन् । केन्द्रीय महाधिवेशनमा महासंघका महासचिव रोशन पुरीको सांगठनिक र कोषाध्यक्ष कलेन्द्र सेजुवालको आर्थिक प्रस्ताव पेस गरी छलफलपछि पारित गर्ने कार्यसूची रहेको छ ।


सम्बन्धित समाचार