Logo

२१ वैशाख,वीरगञ्ज । बारा प्रहरीले कलैयाबाट कक्षा १२ को परीक्षा दिइरहेका दुई जना नक्कली परीक्षार्थी पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाराकै देवताल गाउँपालिका घर भएका १७ बर्षिया एक किशोरी र देवताल –५ कै ३० बर्षिय किरण साह रहेका छन्। १७ बर्षिया किशोरी नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।

रामराजा बहुमुखी क्याम्पस कलैया केन्द्र ‘ख’मा संचालित कक्षा १२ को परीक्षामा अर्काको प्रवेश पत्रमा आफ्नो फोटो टाँस गरी नक्कली परीक्षार्थी बनी लेखा विषयको परीक्षा दिएको भन्ने आशंकाको आधारमा खटिएका कर्मचारीहरू र प्रहरी टोलीले दुवै जनालाई पक्राउ गरेको बाराका प्रहरी प्रबक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।

पक्राउ परेका दुवै जनालाई शिक्षा ऐन २०२८ सम्बन्धीको कसुरमा अदालतबाट ४ दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको न्यौपानेले बताए।


सम्बन्धित समाचार