Logo

मोहन शर्मा लामिछाने, मधेश प्रदेश (नाटा), अध्यक्ष

९ जेठ,वीरगञ्ज । मधेश प्रदेशमा घुमघाम गर्न आउने पर्यटकहरुमा कमी आउँदै गएको छ, जुन चिन्ताजनक विषय हो । कोरोनाकाल पछि मधेश घुम्न आउनेहरुको संख्या घट्दो क्रममा छ ।

कोरोनाकाल अघि सन्तोषजनक रहेको पर्यटनहरुको संख्यामा भने त्यसपछि लगातार गिरावट आउँदै गएको विश्लेषण छ ।

मधेश सरकारको उदासिनता र अन्य निकायबाट ठोस प्याकेज नआउँदा पनि प्रदेशमा भ्रमण गर्न आउनेहरु अपेक्षाकृत हुन नसकेको जानकारहरु बताउँछन् ।

पछिल्लो समय मधेशमा आन्तरिक तथा बाह््य पर्यटनहरुको संख्या हठात् घर्किदो अवस्थामा छ । तर त्यसप्रति प्रदेश सरकार वा स्थानीय तहले भने तदारुकता देखाउन सकेका छैनन् । सरकारको लचारीपनले मधेश प्रदेश पर्यटकको नजरबाट धुमिल हुने अवस्थामा छ ।

यो प्रदेशमा पर्यटक तान्ने धेरै आकर्षक एमव मनोरम गन्त्वयहरु छन् । प्राकृतिक सौन्र्दयता, खोलानाला, सास्कृति पहिरन, खानपान, धार्मिक स्थल, औद्योगिक क्षेत्रसहितका गन्तव्यहरु छन् ।

एक प्रदेशको भ्रमणबाट धेरै मनोरञ्जन र ज्ञान प्राप्त गर्न सकिने प्राकृतिक बनावट छन् । तर त्यसलाई बेचेर पर्यटकहरुलाई ‘होल्ड’ गर्न सकिएको छैन ।

के– के छन् घुम्ने ठाउँहरु ?

मधेश प्रदेशमा घुम्न आउनेहरुको लागि धार्मिक स्थलसंगै अन्य ठाउँबाट पनि इच्छा तृप्त हुने अवस्था छ । धार्मिक भ्रमण गर्ने पार्खीहरुको लागि जानकी माँताको मन्दिर छ ।

जनकपुरधाममा जानकी माँताको मन्दिर छ, जहाँ आनन्दले दर्शन तथा पूजापाठ गर्न पाइने स्पेशल व्यवस्था रहन्छ । त्यसपछि सर्लाहीमा भने ताल छन्, जहाँ विदेशा ‘क्रुज’ सवार गरेजस्तै सर्लाहीमा त्यो आभास गराउने भरत ताल छ । भरत ताल अहिले प्रदेशकै मनोरञ्जनको केन्द्रबिन्दू पनि बनेको छ ।

धार्मिक पर्यटनस्थल, तालसंगै हाती जनावरमा सवार गर्ने सौखिनहरुको लागि पनि मधेश प्रदेशमा सुविधा छ । यहाँ पर्सा राष्ट्रिय निकुञ्ज छ, जहाँ रमाइलो गर्न चाँहनेहरुले हातीको सवारी गरेर भरपुर आनन्द लिन सक्छन् ।

यसैगरी पर्साको ठोरीमा पहाडको अनुभूति गराउने ठाउँ पनि छ । जहाँ गएपछि जंगल, पहाडको मनोरम दृश्यको अवलोकन गर्न पाइन्छ । यी ठाउँहरुबाहेक मधेश प्रदेशमा औद्योगिक कोरिडर पनि छन् । उद्योगको बारेमा अध्ययन गर्न तथा अनुभव लिन चाहनेहरुले त्यसको भ्रमण गर्न पाउँछन् ।

प्रदेशमा धेरै आकर्षक तथा सुन्दर ठाउँहरु भएपनि त्यसको प्रचारप्रसार तथा प्याकेज ल्याउन भने सकिएको छैन । जसकारण प्रत्येक ५ लाख पर्यटक भित्रिने मधेशमा भने त्यो ग्राफ खस्किदो अवस्थामा छ ।

यसैकारणले मधेश सरकारले यो समस्याको निराकरणका लागि विशेष योजना तथा नीतिहरु अवलम्बन गर्नुपर्ने हुन्छ ।

प्रदेश सरकारले पर्यटनका लागि छुट्याउने बजेट अन्यत्र रकामान्तर नगरेर त्यही शीर्षकमा खर्च गर्नुपर्ने जरुरी छ । त्यसपछि औद्योगिक पर्यटनका लागि त्यहीबमोजिमको कार्यक्रमहरु ल्याउनुपर्छ । उद्योगहरुको विशेषताबारे प्रचारप्रसार गरेर आकर्षणको केन्द्रबिन्दू बनाउँनु पर्छ ।

योसंगै स्थानीय सरकारले पनि आफ्नो रणनीतिहरु पर्यटक आकर्षण गर्ने खाले ल्याउँनु पर्छ । प्रदेश सरकार र स्थानीय सरकारले पहलकदमी ढंगले अगाडि आयो भने मधेश प्रदेश पर्यटकहरुको पहिलो रोजाइँको थल्लो बन्नेछ ।

भौतिक पूर्वाधारमा विकास, धार्मिक सम्पदा सांस्कृतिक सम्पदाको मर्मत सम्भार, पुरानो सभ्याताको प्रचारप्रसार योजनाबद्धरुपमा गर्नुपर्ने हुन्छ । यसरी योजना बनाएर प्रचारप्रसा गरियो भने धेरै लाभकारी हुनेछ । अनि योसंगै पर्यटकहरुलाई ‘होल्ड’ गर्नका लागि उनीहरुलाई विशेष प्याकेजसहितको सुविधा ल्याउनुपर्छ । मधेश सरकारले यति विषयमा ध्यान दिए यहाँको आन्तरिक आम्दनीमा बढोत्तरी हुनेछ ।


सम्बन्धित समाचार