Logo

१ असार,वीरगञ्ज । बाराका रामराजा बहुमुखी क्याम्पस प्रमुख हरिभूषण कुश्वाहाको हत्या प्रकरणमा संलग्न दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन भइरहेको छ । आफन्त तथा समर्थकहरुले हत्यामा संलग्न रहेको आरोपितलाई कानुनी दायरामा ल्याउन माग गर्दै बीच बाटोमा शव राखेर प्रदर्शन गरिरहेका छन् ।

जिल्ला प्रहरी र सिडिओ कार्यालय बाराको गेट अगाडिको बीच बाटोमा मृतक कुश्वाहाको शव राखेर प्रदर्शन सुरु गरिएको हो । शैक्षिक संघ संगठन एवम समर्थकहरुले मृतक कुश्वाहाको दोषीलाइ कारबाहीको माग गर्दै २ बजेदेखि प्रदर्शनमा सुरु गरेको एन प्याब्सन बाराले जनाएको छ ।

एन प्याब्सन बाराका अध्यक्ष प्रभुलाल कुश्वाहाले रामराजा क्याम्पस प्रमुखको हत्यारालाई चाँडै कानुनी दायरामा ल्याउनका लागि शव राखेर प्रदर्शन सुरु गरिएको बताए । प्रहरी गेट अगाडि शव राखेर प्रदर्शन हुन गालेपछि पीडितका समर्थक र प्रहरीबिच अहिले छलफल भइरहेको एन प्याब्सन अध्यक्ष कुश्वाहाले जानकारी दिए ।

हिजो साँझ अज्ञात समूहले प्रहार गरेको गोलीबाट क्याम्पस प्रमुख कुश्वाहाको उपचारको क्रममा मृत्यु भएको हो । गाउँमा रहेको आफ्नै पोखरीको माछा मारेर कलैयातर्फ फर्किने क्रममा आदर्श कोतवाल गाउँपालिका वडा नम्बर ३ बतरामा उनीमाथि गोली प्रहार भएको थियो ।


सम्बन्धित समाचार