Logo

४ असार, बारा । जीतपुरसिमरा उपमहानगरपालिकाको एक सहकारीले ऋण तिर्दा पनि शेयर सदस्यको जग्गा फिर्ता नगरेको पाईएको छ ।

उपमहानगरपालिका वडा नं.५ मा रहेको समिश्रण कृषि सहकारी संस्था, बकुलियाले १४ लाख रुपैया लिएको ऋण चुक्ता गर्दा पनि सहकारीले धितो राखेको जग्गा फुकुवा नगरेको पिडित शेयर सदस्य मुक्ति धामीले जानकारी दिए ।

उनले ऋण चुक्ता गरेको साँत महिना पुग्न लाग्दा पनि सहकारीले जग्गा फुकुवा नगरेको दुखेसो गरे । समिश्रणले आफनो किता नं.३७६ को जग्गा १३ कठ्ठा दुई धुर राष्ट्रिय सहकारी बैँक सिमरामा धितो राखेर ऋण लिएको बताए ।

सहकारीले जग्गा फुकुवा नगर्दा आफनो जग्गा बिक्रिबितरण गर्न नसकेको धामीले दुखेसो गरे । यता समिश्रण कृषि सहकारी संस्थाका प्रबन्धक तथा सचिव रमेश चौधरीले सञ्चालक सदस्यहरुको सहमतीमै आ आफनो जग्गा राष्ट्रिय सहकारी बैँकमा धितो राखि संस्थाको नाममा ऋण लिएको बताए ।

उनले ऋण लिएका मुक्ति धामीकी श्रीमती मनोरमा चौधरी सहकारीको त्यो बेला कोषाध्यक्ष रहेको जानकारी दिए । सहकारीको नाममा २ करोड १० लाख रुपैया ऋण सहकारी बैँकबाट लिएको बताए । सहकारीले लिएको ऋणमध्ये करिब १५ लाख रुपैया बाँकी भएका कारण सहकारी बैँकले जग्गा फकुवा गर्न नमानेको प्रबन्धक चौधरी जानकारी दिए ।

सहकारीको नाममा रहेको ऋण तिर्ने बित्तिकै आफुहरुले उनको जग्गा फिर्ता गर्ने बताए । तर कहिले सम्ममा जग्गा फुकुवा गर्ने बिषयमा मिती तोक्न सकेनन् । बारम्बार सहकारी पक्ष र पिडित पक्षलाई वडामै बैठक बोलाई समस्या समाधानको प्रयास गरेको तर अहिले सम्म समस्याको समाधान नभएको वडा नं.५ का वडा अध्यक्ष दिपेन्द्र चौधरी जानकारी दिए ।

जेठ १५ मै समिश्रण कृषि सहकारीका प्रतिनिधिहरुले धितो जग्गा फुकुवा गर्ने सहमती गरेका थिए । तर जेठ १५ मा फुकुवा गर्न नसक्दा असार १५ को समय लिएको वडा अध्यक्ष चौधरीले बताए ।

यता जीतपुरसिमरा उपमहानगरपालिकाको सहकारी तथा पर्यटन प्रबद्र्धन शाखा प्रमुख सुधन चौधरीले आफुलाई यस बिषयमा जानकारी नभएको बताए । पिडितले आफु कहाँ यस बिषयमा लिखित निबेदन दिएको खण्डमा आवश्यक कानुनी कार्बाही अगाडि बढाउँने जानकारी दिए ।


सम्बन्धित समाचार