Logo

४ असार,काठमाडौं। कवाड हटाउने निर्णयको विरोध गर्दै काठमाडौं महानगरपालिका घेराउ गर्न खोज्दा कवाडी व्यवसायी र प्रहरीबीच झडप भएको छ।

काठमाडौं महानगरको डोजर आतंक बन्द गर भन्दै काठमाडौं प्लाजा कमलादी स्थीत महानगरपालीका घेराउन गर्न खोज्दा प्रहरीले रोकेको थियो। सो क्रममा प्रहरी र व्यवसायीबीच झडप भएको हो। महानगरपालिका घेराउ गर्न प्रहरी रोकेपछि प्रदर्शनकारीले ढुङ्गा प्रहार गरेका थिए।

त्यसपछि प्रहरीले हस्तक्षेप गरेको थियो। झडपका कारण केहि प्रदर्शनकारी घाइते भएका छन्। कवाड व्यवसायी संघर्ष समितिको अगुवाइमा रिङरोडभित्रका कवाड हटाउने निर्णयको विरोध गर्दै काठमाडौं महानगरपालिकाविरुद्ध विरोध ¥यालीसहित प्रदर्शन गरिएको थियो।

प्रदर्शनका क्रममा ठूलो संख्यामा प्रदर्शनकारी महानगर घेराउन गर्न पुगेका थिए।

 


सम्बन्धित समाचार