Logo

५ असार, बारा । बाराको कलैया स्थित रामराजा (मो.वि.शाह) बहुमुखी क्याम्पस प्रमुख हरिभुषण कुशवाहाको हत्याको विरोधमा आज शिक्षकहरुले हाथमा कालोपट्टी बाँधेर विरोधमा जनाएका छन् ।

हत्यारालाई छिटोभन्दा छिटो कारवाही होस् भन्ने दवाब स्वरुप शिक्षकहरुले हाथमा कालोपट्ट बाँधेर विरोध जनाउँदै कक्षा संचालन गरेका छन् । विद्यार्थीहरु पढाईमा असर पनि नपुगोस् र हत्यारालाई छिटै कारावाही होस् भन्ने उदेश्य अनुरुप यस्तो विरोधका कार्यक्रम अघि सारिएको क्याप्मसका शिक्षक रामबहादुर पंडितले बताए ।

गत जेष्ठ ३१ गते प्रधानाध्यापक कुश्वाहामाथि गोलि प्रहार भएको थियो । आर्दशकोतवाल गाउँपालिका–२ खजुरियास्थित घरबाट कलैयातर्फ फर्किने क्रममा २ वटा मोटरसाईकलमा सवार ४ जनाको अज्ञात समूहले उनीमाथि गोली प्रहार गरी घाईते बनाएको थियो ।

उपचारको क्रममा सोही उनको मृत्यु भएको थियो । उक्त घटनाका दोषिलाई कारवाहीको माग गर्दै आन्दोलन पनि भयो ।

पछि दोषि उपर कडा कारवाही हुने प्रहरीको आश्वासनमा आन्दोलन स्थगित भएको थियो ।

प्रहरीले घटनास्थलबाट प्राप्त एक भिडिओ ‘क्लिप’बाट कुश्वाहालाई गाउँकै सुरेन्द्र कुश्वाहा भन्नेले गोली हानेको खुलेको हो ।

यससम्बन्ध प्रहरीले अनुसन्धान जारी राखेको छ ।


सम्बन्धित समाचार