Logo

७ असार,वीरगञ्ज । पर्सा प्रहरीले हात्तीको दाँतसहित तीन जनालाई पक्राउ गरेको छ । विक्री वितरण गरिरहेको अस्थामा पर्सा प्रहरीले आज विहान विजयबस्तीबाट तीन जनालाई पक्राउ गरेको हो ।

वीरगञ्जका सुकदेव शर्मा, ठोरीका क्वीशान लामासहित तीन जनालाई पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ । विशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले बताए । उनका अनुसार पक्राउ परेकाहरुलाई आज साँझ पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिनेछ ।

उनीहरुको साथबाट प्रहरीले हात्तीको २ वटा दाँत बरामद गरेको छ । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार