Logo

७ असार, वीरगञ्ज । प्रतिबन्धित लागु औषध सहित पर्साबाट ३ जना पक्राउ परेका छन् । विशेष सुचनाको आधारमा वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ हनुमानचोकबाट प्रहरीले लागु औषधसहित ३ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले बा.प्र.०३–००१ ख १९९८ नम्बरको मालवाहक ट्रक रोकेर जाँच गरेको थियो । सोही क्रममा ट्रकको चालक बस्ने सिटमुनी दुई वटा मलको बोराभित्र लुकाईछिपाई राखिएको अवस्थामा लागु औषध बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले लागु औषध ओनेरेक्स १०० एमएलको २२२ बोतल फेला पारेको पर्साका प्रहरी नायब उपरिक्षक प्रवक्ता दिपक भारतीले बताउनुभयो ।

प्रहरीका अनुसार मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नं. ७ बस्ने ३२ वर्षका अजय रोक्का, सोही ठाउँका ३० वर्षका दिपेन्द्र अधिकारी र वीरगञ्ज महानगरपालिका वडा नं. १९ वर्षका विकाश सर्राफलाई लागु औषधसहित पक्राउ गरेको हो ।

प्रहरीले प्र.०३–००१ ख १९९८ नम्बरको ट्रकलाई समेत नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ परेकामाथि लागु औषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट दिन ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार