Logo

१० असार,वीरगञ्ज । आफ्नै बहिनीको ज्यान लिएको आरोपमा एकजना दाजुलाई रौतहट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको परोहा नगरपालिका वडा नम्बर ८ नरकटिया टोल बस्ने २२ वर्षका दिपेन्द्र कुमार राम रहेका छन् ।

उनीमाथि आफ्नै बहिनी २० वर्षकी तेतरी कुमारी रामलाई मारेको आरोप छ । घरायसी विवादका कारणले बाँसको मुङग्रोले टाउँकोमा प्रहार गरी दिपेन्द्रले बहिनी तेतरी कुमारीको हत्या गरेका थिए । गम्भीर घाइते भएकी तेतरीको उपचारको क्रममा वीरगञ्जको नारायणी अस्पतालमा मृत्यु भएको रौतहट प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक एलिजा गिरीले जानकारी दिइन् ।

पक्राउ परेकामाथि ज्यान सम्बन्धि कसूरमा मुद्दा दर्ता गरी रौतहट जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनायो ।

 


सम्बन्धित समाचार