Logo

११ असार,सप्तरी। सप्तरीमा करेन्ट लागेर एकजनाको ज्यान गएको छ ।

जिल्लाको सुरूङ्गा नगरपालिका–११ रामपुरमा करेन्ट लागेर एकजनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा स्थानीय ५० वर्षीया उर्मिला देवी थरूनी रहेकी छन् । आफ्नै खेतमा विद्युतीय मोटरले पानी तानेर लगाउने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो ।

यसबारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार