Logo

११ असार,वीरगञ्ज । सिरहाको धनगढी नगरपालिकास्थित एक होटलमा एक युवकको शंकास्पद मृत्य्ु भएको छ । सोमबार साँझ नगरपालिको वडा नम्बर १० स्थित धनगढीमाइ होटल एण्ड लजमा ३२ वर्षीय युवकको शंकास्पद मृत्यु भएको हो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा सोही नगरपालिकाको वडा नम्बर ३ निवासी प्रमोद कुमार कामत रहेका छन् । प्रहरीका अनुसार सोमबार विहान साढे ९ बजे एक महिलासंग होटलमा गएका थिए ।

होटलबाट चाँडै निस्किने भनेर होटल बुक गरेका कामती धेरै बेरसम्म चेक आउट नगरेपछि होटल सञ्चालकले ढोका खोल्दा उनलाई मृत अवस्थामा देखेको थियो । त्यसपछि होटल सञ्चालकको तर्फबाट प्रहीलाई खबर आएको सिरहा प्रहरीले जानकारी दिएको छ ।

सिरहा प्रहरी प्रमखु रमेश पंडितका अनुसार मृतक कामती आजै विदेशबाट घर आएका थिए । बाहिर काम छ भने घरबाट निस्केका कामती होटलमा मृत अवस्थामा फेला परेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

कामतीको मृत्यु शंकास्पद रहेको भन्दै प्रहरीले सूक्ष्म अनुसन्धान चलाइरहेको सिरहा प्रहरी बताउँछ । प्रहरीका अन्ुसार मृतक कामतीसंगै आएको महिलाको अहिले खोजी कार्य भइरहेको छ ।


सम्बन्धित समाचार