Logo

१५ असार,वीरगञ्ज । सशस्त्र प्रहरी पर्साद्वारा ब्राउनसुगर सहित एकजनालाई पक्राउ गरी नेपाल प्रहरीलाई बुझाएको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर–३१ सोलखपुर स्थित सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश क्याम्प बेलवामा आकश्मिक चेकप्वाईन्ट राखेर जांच गर्ने क्रममा ३.३३ ग्राम ब्राउन सुगर सहित वीरगन्ज २९ बस्ने बर्ष २४ का रबि साहलाई पक्राउ गरेको थियो ।

मिलन चोकबाट जीतपुर तर्फ जादै गरेको मघेश प्रदेश ०३–०३० प ६४७६ नम्बरको केटीएम ड्युक मोटरसाईकलमा सवार साहको साथबाट ब्राउन सुगर ३.३३ ग्राम फेला परेको प्रहरीले जनाएको छ ।

मोटरसाईकल सहित रविलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरी नम्बर १३ गण हेडक्वाटर पर्साका प्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक देवेन्द्र सिंहले जानकारी दिए ।


सम्बन्धित समाचार