Logo

१८ असार, वीरगञ्ज । वीरगञ्ज स्थित सिद्धार्थ बैंकमा भएको आगलागी ४ घण्टापछि नियन्त्रणमा आएको छ ।

सोमबार अपरान्ह ४ बजेदेखि लागेको आगो झण्डै ४ घण्टा पछि बेलुका ८ बजे नियन्त्रणमा आएको हो । आगलागी नियन्त्रणमा लिन ८ वटा बारुण यन्त्र (दमकल) पुगेको थियो ।

वीरगञ्ज महानगरपालिकाको दमकल सहित विभिन्न पालिका, बाराको जितपुर सिमरा उपमहानगरपालिका र नेपाल प्रहरीको विपत् गुल्म तथा सीमापारी भारतको विहारबाट समेत गरी ८ वटा दमकल पुगेका थिए ।

ती ८ वटा दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा ४ घण्टापछि आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । के कारणले आगलागी भएको हो भन्ने यकिन जानकारी हुन नसके पनि विद्युत् सर्ट भएर तीन तला माथिबाट आगो फैलिएको प्रारम्भिक अनुसन्धानमा खुलेको पर्सा प्रहरीले जनाएको छ ।

आगो नियन्त्रणमा आएपछि अध्यारो भइसकेकोले आज (मंगलबार) उज्यालोमा थप अनुसन्धान गरी तथ्य बाहिर ल्याउने पर्साका प्रहरी नायव उपरिक्षक दिपक भारतीले बताए । आगलागी भएको बैंकको भवनमा तीन तिरबाट आगो निभाउन मिल्ने नभएपछि अगाडीको भागबाट मात्र आगोलाई नियन्त्रणमा लिनु पर्ने बाध्यता थियो ।

जसले गर्दा आगो नियन्त्रणमा लिन धेरै समय लागेको पर्साका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक भारतीले बताए ।

आगोले माथिका तलाका सम्पूर्ण सामान जलेर नष्ट भएको र पहिलो तल्लाका धेरैजसो सामान भने बचेको उनको भनाइ छ ।

बढी नै क्षति भएको हुनसक्ने तर आज (मंगलबार) दिउँसो विवरण संकलन गरेर जानकारी दिईने उनको भनाई छ ।

यो पनि पढ्नुहोस् :

वीरगञ्जको आदर्शनगरस्थित सिद्धार्थ बैंकमा आगलागी

७ वटा दमकलबाट सिद्धार्थ बैँकको आगो निभाउने प्रयास जारी


सम्बन्धित समाचार