Logo

१७ साउन,काठमाडौं । नेकपा (एमाले)ले सातैवटा प्रदेशमा इन्चार्ज तोकेको छ । बिहीवार काठमाडौंमा बसेको पार्टीको सचिवालय बैठकले प्रदेश इन्चार्जको टुंगो लगाएको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

जसअनुसार कोशी प्रदेशमा शेरधन राई, मधेशमा लीलानाथ श्रेष्ठ र बागमतीमा डा राजन भट्टराई छन् ।
यस्तै गण्डकी प्रदेशमा किरण गुरुङ, लुम्बिनीमा पद्मा अर्याल, कर्णालीमा गोरखबहादुर बोगटी र सुदूरपश्चिममा लेखराज भट्टलाई इन्चार्ज तोकिएको पोखरेलले बताए ।

एमालेले रिक्त उपाध्यक्षमा गुरु बराललाई नियुक्त गरेको छ भने मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठलाई स्थायी कमिटीमा मनोनयन गरेको छ । सचिवालय बैठकले जीतेन्द्र देव, सुवास कर्माचार्यलगायत १६ जनालाई केन्द्रीय समितिमा मनोनयन गरेको छ ।

 


सम्बन्धित समाचार